Tuesday, March 21, 2023
दार्जीलिङ्ग नगरपालिकाका हाम्रो पार्टी पार्षद भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल : नयाँ अनुपात १७: १४
कालिम्न्युज, दार्जीलिङ्ग, २१ मार्च २०२३: दार्जीलिङ्ग नगरपालिकाका वार्ड नम्बर 10 का पार्षद सुधा लामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको घोषणाले हाम्रो पार्टीलाई अझै एउटा झट्का लागेकोछ | हिजो दार्जीलिङ्ग नगरपालिका वार्ड नम्बर 10 का पार्षद श्रीमती सुधा लामाले हाम्रो पार्टीको सदस्यता त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आधिकारिक रुपमा सामेल भए।
हिजो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एउटा सभा बीच तिनलाई भागोप्रमो पार्टीको झण्डा ग्रहण गराएपछी भागोप्रमो अध्यक्ष अनित थापाले भने "हामी संग अझै धेरै सभासद अनि पार्षदहरु जोडिएर आउनेछन्। जी टी ए अनि नगरपालिकाको परिवार झन ठूलो भएर जानेछ।"
आज दार्जीलिङको जज बजार स्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित सामेल कार्यक्रममा सुधा लामा पार्टीमा सामेल भए पछि उनलाई पार्टी अध्यक्ष अनित थापाले खादा अर्पण गरी पार्टीमा स्वागत जनाए।
पार्टी अध्यक्ष अनित थापाले लामालाई स्वागत गर्दै भने, "बीजीपिएमको सोच, विचार अनि काम गर्ने तरिकालाई मन पराएर हामीसंग दार्जीलिङ नगरपालिकाको पार्षद दिदी सुधा हामी संग जोडिनु भएको छ। उहाँको सुरक्षा अनि उनलाई मार्गदर्शक गर्ने जिम्मेवारी पार्टीका नेतृत्वहरुको बन्छ। बीजीपीएम परिवारले कसरी काम गर्छ अनि यहाँ कतिको स्वतन्त्रता छ नयाँ आउनु हुने सबैले विस्तारै बुझ्नु हुनेछ।"
उनले वर्तमान बोर्डको कामको प्रशंसा गर्दै भने, "हिजोको दार्जीलिङ नगरपालिकाको बोर्डले भन्दा आजको बोर्डले धेरै राम्रो काम गरिरहेको छ। नयाँ बोर्डले एउटा टीम भएर दार्जीलिङको सफाई, विकाशको निम्ति जुन प्रकारले काम गरिरहेको छ सराहनीय छ। सरकारबाट नयाँ फण्ड पनि ल्याईरहेका छन्। विपक्षीले कहिले काहीँ उहाँहरुलाई बाधा दिनु खोज्छन् तर उहाँहरूको हौसला तोड्न सकेको छैन ।"
थापाले खुल्ला रूपमा घोषणा गरे, "म अझ पनि भन्छु, हामीसंग अझै धेरै सभासद अनि पार्षदहरु जोडिएर आउनेछन्। जी टी ए अनि नगरपालिकाको परिवार अझ ठूलो भएर जानेछ। हामी सबैलाई जिम्मेवारी दिएर अघि बढ्नेछौं। क्षमता हुँदा पनि आफ्नो वार्डको निम्ति उहाँहरूले काम गर्नु पाउनु भएन। काम गर्ने इच्छा र शक्तिलाई प्रयोग गर्ने जिम्मेवारी बोर्डको हो।"
पार्टीका केन्द्रीय प्रवक्ता केशव राज पोख्रेलले आफ्नो मन्तव्य पोख्दै भने, "भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सकारात्मक सोच अनि समावेशी राजनीति गर्ने पार्टी हो। हाम्रो सोच अनि कार्यलाई मन पराउने केवल राजनीतिज्ञ छैनन् तर साहित्यकार, कलाकार, खेलाडीदेखि लिएर विपक्षका सभासद अनि पार्षदहरु पनि छन्। त्यसैले आज हाम्रो पार्टीका श्रीमती सुधा लामा ज्यू हामीसंग जोडिनु आई पुग्नु भयो।"
दार्जीलिङ नगरपालिकाको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा संचालित बोर्डमा आज सामेल पार्षद पछि पार्षद संख्या बढेर 17 पुगेको छ भने विपक्षी हाम्रो पार्टी अनि गोजमुमोको गठबन्धनको पार्षद संख्या 14 भएको छ। नगरपालिकाको 32 आसनमा 1 आसनमा अमर लामाले जीटीए चुनाव लड्न राजीनामा दिएपछि रिक्त रहेकोले जम्मा 31 पार्षद छन्। आजको अर्को पार्षदको समर्थनले केही समय अघि हाम्रो पार्टीले भागोप्रमोको नगरबोर्डलाई ढाल्न चलेको षड्यन्त्र भताभुङ्ग पारेको पार्टीले मन्तव्य गरेकोछ।
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment